Section 26E
जग्गावाला र मोही मध्ये एकजनाको नाउँमा मात्र जग्गाको हक कायम गर्न सक्ने
(१) यस ऐनको अन्यत्र दफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा तोकिएको अधिकारीले मोही लागेको सम्पूर्ण जग्गा जग्गावाला वा मोही मध्ये कुनै एकजनाको नाउँमा कायम हुने निर्णय गर्न सक्नेछ ः–
(क) जग्गावाला वा मोही मध्ये कुनै एकजनाले आफ्नोे भागमा परेको जग्गाको प्रचलित दरभाउले हुने मूल्य बराबरको रकम अर्को पक्षसंग लिई आफ्नोे भागमा परेको सम्पूर्ण जग्गा छोड्न मन्जूर गरेमा त्यस्तो जग्गा लिन मन्जुर गर्ने व्यक्तिको नाउँमा ।
(ख) जग्गावाला र मोहीलाई जग्गा बाँडफाँड गर्दा शहरी वा शहरोन्मुख क्षेत्रमा घर बनाउनको लागि तोकिएको न्यूनतम क्षेत्रफल भन्दा कम क्षेत्रफल जग्गा हुने भएमा सो ठाउँमा घर बनाउन कम जग्गा भएका वा जग्गा नै नभएका जग्गावाला वा मोहीलाई प्राथमिकता दिई निजको नाउँमा ।
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि कुनै जग्गा “शहरी क्षेत्र” वा “शहरोन्मुख क्षेत्र” को हो वा होइन भन्ने कुराको विवाद परेमा सो कुराको निर्णय दफा २६ज. बमोजिमको मूल्य निर्धारण समितिले गर्नेछ ।
(ग) मोहियानी लागेको जग्गामा मोहीले घर बनाएको रहेछ भने जग्गाधनी र मोहीलाई जग्गा बाँडफाँड गर्दा जग्गाधनीलाई कम जग्गा पर्न गएपनि सो घर र सो घरले चर्चेको जमीन र सो घरमा आउने जाने बाटोको लागि आवश्यक पर्ने जग्गा मोहीको नाउँमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम जग्गावाला र मोही मध्ये कुनै एकजनाको नाउँमा सम्पूर्ण जग्गा कायम हुने भएमा वा खण्ड ((ग) बमोजिम मोहीको नाउँमा जग्गा कायम गर्दा जग्गाधनीको भागमा कम जग्गा पर्न आएमा त्यसरी जग्गा नै कायम नगरिएका वा कम जग्गा कायम भएका जग्गाधनी वा मोहीलाई निजले पाउने जग्गाको प्रचलित दरभाउले हुने मूल्य बराबरको रकम अर्को पक्षले दिनु पर्नेछ ।
(३) दफा १५ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क१) बमोजिम मोहीको हक जतिको जग्गा मोहीको नाममा छुट्याई नेपाल.सरकारको स्वामित्वमा आउने बाँकी जग्गा प्राविधिक रुपले कित्ताकाट गर्न नमिल्ने भएमा दफा २६ज. बमोजिमको समितिले निर्धारण गरेको रकम राजस्व खातामा - जम्मा गरेपछि त्यस्तो जग्गा मोहीको नाममा एकलौटी कायम गरिदिनु पर्नेछ।